
काठमाडौं,३१ असोज | बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भएका ५० वर्षीय ब्रजेश उपाध्यायलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ साउन २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना १५ दिन कैद, २ करोड ६१ लाख ५५ हजार १ सय ७५ रुपैयाँ जरिवाना र १० लाख ४६ हजार २ सय ७ रुपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नक्सालबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पठाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे