
काठमाडौं । काठमाडौंदेखि भारतको सुदुर दक्षिणी भूभाग कन्याकुमारीसम्म विद्युतीय सवारी टाटा कर्भ ईभीमा यात्रा थालेका दुई युवाले सफलतापूर्वक आफ्नो लक्ष्य प्राप्त गर्दै नेपाल फर्किएका छन्।
गत जुन ५ (विश्व वातावरण दिवस)का दिन काठमाडौंको थापाथलीस्थित टाटा शोरुमबाट यात्रा प्रारम्भ गरेका विजयराम कासजू र आवाशिषप्रसाद ओझाले कुल ६ हजार ७ सय किलोमिटरको यात्रापछि गन्तव्य पुगेका हुन्। यस यात्रामा टाटा कर्भ ईभीको प्रदर्शन अत्यन्त सन्तोषजनक रहेको सहभागी आवाशिषप्रसाद ओझाले बताए।
उनका अनुसार यात्राका क्रममा गाडीमा कुनै समस्या देखिएन। “टाटा कर्भ ईभीमा गुनासो गर्न लायक केही देखिएन,” उनले भने, “भारतको तुलनामा नेपालमा चार्जिङलगायतका पूर्वाधार अझै व्यवस्थित देखिए।”
५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको टाटा कर्भ ईभीले लामो दूरीको यात्रामा विश्वसनीयता प्रमाणित गरेको छ।
नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको सहयोगमा आयोजित यस यात्राको उद्देश्य विद्युतीय सवारीको सम्भावना परीक्षण गर्नु थियो। वातावरणीय सन्देशसमेत समेटिएको यो अभियानले विद्युतीय यातायातप्रति जनचासो बढाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे