
काठमाडौं,२० भाद्र | जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएकी मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ सुविधानगरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे