
काठमाडौँ , पुस ९ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ। दुर्घटना वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका–७ निवासी २६ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार, चौधरीले लुम्बिनी प्रदेश ०१–००२ प ११४८ नम्वरको मोटरसाइकल चलाउँदै गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–७ स्थित पदमिनी खोलामा लु १ ख ९३५२ नम्बरको ट्रकसँग ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
रुपन्देही जिल्ला स्यारी गाउँपालिका–४ का प्रहरीले ट्रक चालक २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिएको छ । प्रहरी अब घटनाको अनुसन्धान गरिरहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे