
पर्सा । पुस १५ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार इलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले विभिन्न प्रकारका लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति पर्सा जिल्लाको बहुदरमाई गाउँपालिका–३ नगरदाहा बस्ने करिब ३६ वर्षीय पुरुष रहेको जनाइएको छ।
गुल्मले पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायलाई बुझाइसकेको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत गरिएको यस कारबाहीलाई प्रभावकारी मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे