
काठमाडौँ, ११ चैत । आज तीन ठूला दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संक्रमणकालीन न्याय ९टीआरसी० टुंग्याउने विषयमा छलफल हुने बुझिएको छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो ।
गत चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहालसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए ।
उक्त विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले दाहाललाई भेटेका थिए । शीर्ष नेताहरुको आजको बैठकमा संक्रमणकालीन दुई वटा आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे