
मोरङ,६ असोज | प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका-२ बस्ने २९ वर्षीय रविन घिमिरेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही महानगरपालिका-१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे