
काठमाण्डौ। सवारी साधनमा ‘ह्वील लक’ गर्ने कानुनी आधारबारे स्पष्ट जानकारी माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता भएको छ। विवेक चौधरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाउँदै आफूले माग गरेको सूचना नपाएको दाबी गर्दै आयोगमा फागुन ११ गते पुनरावेदन पत्र दर्ता गराएका छन्।
चौधरीले ट्राफिक प्रहरीले कुन कानुनी प्रावधान अन्तर्गत ‘ह्वील लक’ जस्ता कारबाही गरिरहेको हो भन्नेबारे माग गरेको सूचना समयमा प्राप्त नभएको आरोप लगाएका छन्। यसअघि सम्बन्धित निकायमा जानकारी माग गरिएको भए पनि सन्तोषजनक जवाफ नआएपछि उनले सूचना आयोगमा पुनरावेदन दर्ता गराएको उल्लेख गरिएको छ।
सूचना आयोगमा दर्ता भएको निवेदनमा सार्वजनिक प्रशासनलाई पारदर्शी बनाउने उद्देश्यले कानूनअनुसार आवश्यक जानकारी उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिन आग्रह गरिएको छ।
यस विषयमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयको औपचारिक प्रतिक्रिया भने आइनसकेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे