
काठमाडौँ, असोज १२ । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेर फरार रहेका एक जना बाल बन्दी समातिएका छन् ।
गत असोज ४ गते बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहबाट भागेर फरार मा रहेका एक जना बाल बन्दी दैलेखबाट समातिएका हुन् । बाल बन्दीका बिचमा आपसमा झडपमा चार जना बाल बन्दी फरार रहेका छन् । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार बाँकेबाट खटिएको प्रहरी टोली र दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई उनको घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । २ सय ५४ जना बाल बन्दी रहेको सुधार गृहमा यसपालिको झडपमा एक जना बाल बन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे