
काठमाडौं । सरकार आगामी आर्थिक वर्षदेखि वित्तीय क्षेत्रको विकासलाई गति दिने उद्देश्यले रणनीति कार्यान्वयनमा जुट्ने भएको छ। यसअन्तर्गत डिजिटल बैंक र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने नीति प्रस्तुत गरिएको छ।
संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वित्तीय क्षेत्रलाई आधुनिक बनाउने र प्रविधिमा आधारित सेवाहरू विस्तार गर्ने रणनीति अपनाइने बताएका हुन्।
साथै, सरकारले पर्यटन क्षेत्रलाई विविधिकरण गर्दै नेपाललाई विदेशी चलचित्र छायांकनको गन्तव्य (हब) र ध्यान तथा आरोग्य पर्यटनको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ। राष्ट्रपति पौडेलले पर्यटन क्षेत्रको समग्र विकासका लागि फिल्म उद्योग र योग–ध्यानजस्ता गतिविधिलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिएका छन्।
उनका अनुसार पर्यटन क्षेत्रलाई आयआर्जनको दीगो स्रोत बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय लगानी र सहकार्यका लागि वातावरण निर्माण गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे