
काठमाडौँ, कात्तिक १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् । मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका थिए । उनले धर्मशालासम्बन्धी कुनै काम नगर्न कोषलाई निर्देशन दिएका छन् । मन्त्री पाण्डे पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका छन् ।
उनले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गरेका छन् । धर्मशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने ७ बुँदे समझदारी भएता पनि मारवाडी सेवा समितिले विरोध गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड राखेर व्यवस्थापनको काम सुरु गरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे