
काठमाडौँ ,२१ माघ । रास्वपा अध्यक्ष र पूर्व गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दायर हुँदैछ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयले सबै तयारी पूरा गरिसकेको छ। यसअघि लामिछानेलाई कास्की, काठमाडौं र रुपन्देही जिल्लाका अदालतहरूले क्रमशः ६५ लाख, ६० लाख र एक करोड धरौटी तिरेर रिहा गरेका थिए।
चितवनका साथै लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दायर हुने सम्भावना छ। लामिछानेले प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन गर्नु अनुवादित र उचित नभएको बताउँदै फुकुवा प्राप्तिको निवेदन दिएका छन्।यस अघि लामिछाने सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर छुटेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे