काठमाडौँ — गुह्यश्वरी खोला किनारमा एउटा शव भेटिएको छ ।खोलामा घोप्टो परेको अवस्थामा बिहीबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।शव खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ तर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल पुगेर प्रहरी अनुसन्धान सुुरु गरेको छ । तर, शव कसको हो भन्ने अहिलेसम्म पहिचान खुलेको छैन । करिब ३५÷४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे