
भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।नगरपालिका प्रमुखमा एमाले उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् । उनले १४ हजार ७ सय ५८ मत ल्याई विजयी भएका छन् ।
थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार निशान ढुंगेलले १३२३२ मत ल्याएका छन् ।यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छन् । उनले १४ हजार ४ सय ९० मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे