
रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घलेले ३ हजार ४७४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् ।उनका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना लामाले ३ हजार ९७ मत ल्याइन् । माओवादी केन्द्रका यो सिंगी घिसिङले ३ सय ४६ मत ल्याए ।
नौकुण्डको उपाध्यक्षमा एमालेका चन्द्र बहादुर ग्लानले २ हजार ९०४ मत ल्याए निर्वाचित भए ।उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका भुमे लामाले १ हजार ९५१ मत ल्याए । मंगोल नेशनल अर्गनाइजेसनकी प्रविना तामाङले २ सय ७ मत ल्याइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे