
काठमाडौं । प्रधानमन्त्री बालेन शाह मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै संसद् भवन पुगेका हुन्।
प्रधानमन्त्री बैठकमा आउने जानकारी यसअघि सार्वजनिक गरिएको थिएन। बैठक सुरु भइसकेपछि उनी र लामिछाने सँगै प्रतिनिधिसभा कक्षमा प्रवेश गरेका थिए। उनीहरू प्रवेश गर्दा राप्रपाकी सांसद खुश्बु ओलीले संसद्मा आफ्नो धारणा राखिरहेकी थिइन्।
संसद्को नियमअनुसार कुनै सांसद बोलिरहेका बेला सभामुख र बोलिरहेको सांसदको बीचबाट हिँड्न पाइँदैन। तर, प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने त्यही समयमा उक्त बाटो हुँदै प्रवेश गरेको भन्दै केहीले यसलाई संसद्को नियम उल्लंघन भएको बताएका छन्।
यस विषयमा सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा पनि चर्चा सुरु भएको छ। प्रधानमन्त्री शाह भने नियमित संसदीय गतिविधिमा सहभागी हुन बैठकमा पुगेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे