
काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले आजदेखि आफ्नो आईपीओ ९साधारण सेयर० बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो। कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता सेयर छुट्याइएको छ।
यसमा १४ लाख कित्ता सेयर स्थानीयका लागि राखिएको छ, जसअन्तर्गत अति प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका लागि ४ लाख ९० हजार कित्ता छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारण समूहअन्तर्गत १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिने समय स्थानीयका लागि चैत २४ ९आवश्यक परे वैशाख ९ सम्म० र विदेशमा रहेका नेपालीका लागि चैत २४ सम्म तोकिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे