
काठमाडौँ, मङ्सिर १० । सूर्यविनायक रत्नपार्क द्रुत बस सेवा आजदेखि फेरि सञ्चालनमा आएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो ।
असोज ३ गतेदेखि द्रुत बस सेवाको शुरुवात गरिएको थियो तर यो सेवा एक महिनामै स्थगित भएको थियो ।
आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चलेका छन् । आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आएको हो । अरु सार्वजनिक बसलाई रत्नपार्क सूर्यविनायक देखि रत्नपार्क पुग्न डेढ घण्टा समय लागाथ्यो तर द्रुत बसले ४५ मिनेटमै रत्नपार्र्क पुगेने गरेको छ ।
द्रुत बस बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म तीनरतीन मिनेटको फरकमा सूर्यविनायकबाट र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि बस छुट्ने गर्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे