
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट मंगलाबार बिहान भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो ।
त्यस्तै, धनुषाकै औरही गाउँपालिका वडा नम्बर २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका वडा नम्बर २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
फरार भएकाहरू मध्येबाट एक जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले अहिलेसम्म सत्यम झालाई पक्राउ गरेको जानकारी दिएको छ । अन्य फरारहरूको खोजीकार्य भने जारी रहेको प्रहरी प्रवक्ता अवाले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रञ्जन अवाका अनुसार थुनुवाहरुले सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन काटेर उनीहरु भागेको हुन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे