
काठमाडौँ, जेठ २८ । सेन्चुरी बैंकका पूर्व अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन्। कमसल धितो राखेर कर्जा प्रवाह गरेको आरोपमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । सीआईबीले श्रेष्ठसहित अन्य ८ जनालाई पनि पक्राउ गरेको छ।
धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यसअघि सीआईबीले बैंकको सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, रमेश कुमार निरौला , उमाकुमारी श्रेष्ठलाई पक्राउ गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे