
काठमाडौं, ४ असार ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा करिब १ किलो १५९ ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरी स्रोतले जनाएको छ। उनलाई मंगलबार राति भन्सार क्षेत्रअन्तर्गतको टनेलबाट पक्राउ गरिएको हो।
शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आइपुगेकी खेमानीलाई शंका लागेपछि विमानस्थल प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा अर्धठोस अवस्थामा रहेको सुन फेला परेको थियो।
प्रहरीका अनुसार बरामद गरिएको सुनको तौल १ किलो १५९ ग्राम रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे