
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।
अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ। कल सेन्टर सञ्चालन गरी अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको सूचनामा आधारमा सीआईबीको टोलीले गएराति छापा मारेको हो । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे