
काठमाडौं, २८ चैत । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । नगरप्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । भरत ताल निर्माण गर्न लगाएर चर्चामा आएका उनको आम्दानी र खर्चको हिसाब निकाल्दा ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैया बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता भएको हो
थापाले नगरप्रमुखका रुपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ देखि गत माघ २९ गतेसम्मको अनुसन्धान गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा छ । उनको लगानी र सम्पत्ति १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैयाँ देखिँदा ७ करोड ८६ लाख ५० हजार रुपैयाँको मात्रै वैधानिक स्रोत खुल्न आएको आयोगको दाबी छ ।
सार्वजनिक पद धारण गरेका थापाले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैया बरावरको सम्पत्ति सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी आयोगको छ । मुद्दामा आयोगले थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाई रामकुमार थापा र बुहारी द्वारीका राउतलाई पनि प्रतिवादी बनाएको ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे