काठमाडौँ, २४ मंसिर । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि नेप्सेमा लगातार ३ सर्किट लागेको छ । । राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयर धितोमा जाने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट झारेर १ सय २५ प्रतिशत कायम गरेसँगै लागनीकर्तामा उत्साह देखिएको हो । जसको प्रत्यक्ष असर आइतबार खुलेको नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ।
सामान्यतया सेयर कारोबार बिहान ११ बजेदेखि ३ बजेसम्म हुने गर्छ। नेपाल स्टक एक्सचेन्ज (नेप्सें)मा लगातार तेस्रो पटक सर्किट लागेसँगै आइतबारलाई कारोबार बन्द भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो।
समीक्षापछि खुलेको पहिलो दिन आइतबार नेप्से सूचक १११ अंकले बढेर बन्द भएको छ। आइतबार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो। कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो।
४० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतबारका लागि कारोबार नै बन्द भएको हो। अघिल्लो कारोबार दिन (बिहीबार) १८५२.७८ अंकमा कायम भएको सेयर बजार आइतबार १११.२० अंकले बढेर १९६३.९८ बिन्दुमा बन्द भएको छ।
आइतबार ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ।
आज बीमा, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, हाइड्रोपावर, व्यापार, फाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शुभम् पावर र कालिञ्चोक दर्शनको शेयर १० प्रतिशतले बढेको छ । शेयर बजारमा सर्किट ब्रेक लागेको दिन ५ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे