
काठमाडौँ , ६ फागुन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अनलाइन सट्टेबाजी र जुवामा संलग्न २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित एक घरबाट व्यावसायिक रूपले अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न २४ भारतीयलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा अजय कुमार, मोहम्मद चाँद, जय कुमार, मोहम्मद नफिस, गुल्फाम खान, मोहम्मद वासिम, रियाज अहमद, मोहम्मद सानवाज, जमालउद्दिन सेख, मोहम्मद हमिद रजा लगायतका नागरिक छन्। उनीहरुले एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार तीन सय ४० रुपियाँको अनलाइन जुवा कारोबार गरेको पाइएको छ।
उनीहरुको साथबाट २१ थान ल्याप्टप, ३८ थान मोबाइल, ३ थान राउटर र सट्टेबाजीका हिसाब किताबको कापी तथा डायरी जस्ता सामग्री बरामद गरिएको छ। प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उनीहरुलाई मुलुकी अपराध संहिता र विदेशी विनिमय ऐन अनुसार कारवाही गर्न जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे