
काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र अन्य मातहतका कार्यालयहरूले ट्राफिक सचेतना र दुर्घटना न्यूनिकरणका लागि दुई पाङ्ग्रे चालकसँग २ मिनेटको विशेष कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रमले शहरमा ट्राफिक नियमको पालना र सुरक्षामा सुधार ल्याउन सहयोग पुर्याउने उद्देश्य राखेको थियो।
कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरूले चालकलाई ट्राफिक नियमको महत्त्व र दुर्घटनाबाट बच्ने उपायहरूको बारेमा जानकारी दिएका छन्। ट्राफिक प्रहरी कार्यालयका प्रमुखले ट्राफिक दुर्घटनाको दरलाई कम गर्न र सार्वजनिक यातायातको सुरक्षा सुनिश्चित गर्न यात्री र चालकहरूको सचेतना आवश्यक भएको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे