
काठमाडौँ, वैशाख १ । जडीबुटी टाउनप्लानिङमा भएको ६० लाख रुपैयाँ लुटपाट घटनामा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरू गरेको हो। बौद्धका रितेश लामालाई ‘जग्गा बैना गर्न बोलाएर’ नगद ६० लाख लुटिएको घटनामा संलग्न रहेकाहरूलाई खोजतलास गर्दै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा राज पराजुली, प्रभास केसी उर्फ हरिराम खत्री, राजेश भण्डारी, सार्की माझी, उत्तम मगर, राजु मगर, टिकाबहादुर मगर, रमेशबहादुर मगर, लबबहादुर मगर, रूपक थापा मगर, र सागर मगर रहेका छन्। त्यसैगरी सुयोज लामा, कुशल बस्नेत, रन्जित लामा, दावा लामा, बाबु तामाङ, सुजन लामा र रिबेलकुमार तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनीहरूबाट लुटिएको ३० लाख नगद, दुई थान स्कुटर र एक थान मोटरसाइकल बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे