
भक्तपुर,९ चैत | मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित काठमाडौं सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपैयाँ, भारतीय रूपैयाँ ४८ हजार ५ सय र १६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे