
ललितपुर,चैत १ । ललितपुर महानगरपालिका-२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे