
काठमाडौँ । नेपालमा अपराध गरेर विदेश भागेका १० जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको छ। चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध रेड नोटिस र तीन जनाविरुद्ध डिफ्युजन जारी गरिएको थियो। तीमध्ये आठ जना रेड नोटिस र दुई जना डिफ्युजनका आधारमा विभिन्न देशबाट पक्राउ परेका हुन्।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबि नारायण काफ्लेले अपराधी जहाँ लुके पनि कानुनी दायरामा ल्याइने बताए। शान्ति सुरक्षा कायम गर्न, निर्वाचन सुरक्षित रूपमा सम्पन्न गर्न तथा अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्रिय रूपमा काम गरिरहेको उनले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे