
काठमाण्डौ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बाँडफाँड पुस २४ गते सम्पन्न भएको छ। कम्पनीको आइपीओ बाँडफाँड बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे सम्पन्न गरिएको हो।
कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतबराबर २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो। यसमध्ये ३ प्रतिशत (६७ हजार ५०० कित्ता) कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई, र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो।
कुल १८ लाख २२ हजार ४०५ जना योग्य आवेदकले आइपीओमा आवेदन दिएका थिए। जसमध्ये भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने १६ लाख ३७ हजार ९०५ आवेदकको हात खाली भएको छ।
आइपीओको नतिजा कम्पनीको आधिकारिक वेबसाइट, बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र सिडिएससीको आइपीओ रिजल्ट हेर्ने पोर्टलमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे