
काठमाडौँ , असोज ८ | दोलखाको तामाकोसी गाउँपालिमा ७२ वर्षीय वृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरेका छन् ।
मानसिक रूपमा अस्वस्थ रहेको मोहनबहादुर कार्कीले गएको राति श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
कार्कीले ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षीया नातिनी सुहाना कार्कीलाई घरेलु हतियार प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
घटनामा संलग्न कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै घाइतेहरूको स्थानीय अस्पताल चरिकोटमा उपचार भइरहेको ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे