
काठमाडौँ, २५ माघ । फोनबाट धम्क्याएर व्यापारीसँग पैसा असुल्ने गरेको आरोपमा कास्की प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. २ का ३६ वर्षीय लक्ष्मण दर्जी र सोही पालिकाको वडा नं १४ का ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् । दर्जी र क्षेत्रीले पोखरामा सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन र एसएमएसबाट धम्क्याई बारम्बार रकम माग गरेका थिए ।
कास्की प्रहरीले दुवै जनालाई बिहीबार सार्वजनिक गर्दै उनीहरूले योजनाबद्ध रुपमा धम्क्याएर पैसा असुल्दै आएको जनाएको छ। उनीहरूबाट केही कागजात पनि बरामद गरिएको छ। जसमा बिग मनी बिग टार्गेट, किड्न्याप, फिरौती, शुट आउट, नेता व्यापारी, गुण्डा, भुमाफिया, मेडिकल माफिया, म्यानपावर लेखिएका छन्।
उनीहरूबाट खुकुरी, गाँजा ५७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ वटा, सानो ठूलो मुगा १४ वटा भेटिएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे