• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन

५ घण्टा अघि
२

नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा

६ घण्टा अघि
३

हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की

६ घण्टा अघि
४

लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल

९ घण्टा अघि
५

मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस

१0 घण्टा अघि
६

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

११ घण्टा अघि
७

ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

११ घण्टा अघि
८

घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या

१२ घण्टा अघि
९

आजको मौसम

१४ घण्टा अघि
१०

निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन

१५ घण्टा अघि
११

लगातार सातौं वर्ष फर्च्युन मोस्ट एडमायर्ड सूचीमा मेटलाइफ

१ दिन अघि
१२

आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१०

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन ७, बिहिबार (४ साल अघि)

१ हजार एक सठ्ठी मेगावाटको माथिल्लो अरुण आयोजना तत्काल सुरु गर्न स्थानीयको माग

Phapha Bhusal

  • 3,862 Views
  • काठमाडौं ।१ हजार एक सठ्ठी मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीयले माग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयबासीले जतिसक्दो छिट्टो उक्त आयोजनाको निर्माण सुरु गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

    माथिल्लो अरुण जलविद्युत् आयोजना प्रभावित सरोकार मञ्चका अध्यक्ष लादर भोटेले आफ्नो भूगोलबाट बनेको पानीबाट उत्पादित बिजुली बाल्न आतुर रहेकाले आयोजनाको निर्माण जतिसक्दो छिट्टो सुरु गर्नुपर्ने बताए ।

    ‘आयोजना बन्न लागेकोमा खुसी छौं, आयोजनासँगै सडक निर्माण हुने भएकाले गाडी चड्न पाउने छौं, विद्यालय तथा स्वास्थ्य क्षेत्रको सुधार हुनेछ,’ भोटेले भने, ‘आयोजनाको अनुगमन गर्ने र हेरेर जाने मात्रै होइन, वास्तविक रुपमै निर्माण सुरु गर्नु पर्यो, स्थानीय रुपमा हुने अवरोध हटाएर आयोजना सफल बनाउन तयार छौं ।’

    मन्त्री भुसालले आयोजनाको अहिले भइरहेको विस्तृत अध्ययनलाई जतिसक्दो छिट्टो सक्ने र लगानी स्वरुप टुंगो लगाएर निर्माण सुरु गर्ने बताइन् । ‘आयोजना चर्चामा आउने तर दशकौंसम्म निर्माण नुहने अवस्था छ, यसको अन्त्य गरी माथिल्लो अरुण स्थानीय जनताले लाभ पाउने गरी निर्माण गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ उनले भने, ‘आयोजनाको लाभको हकदार स्थानीय जनता नै भएकाले निर्माणमा सहयोग गर्नुहोला ।’

    सरकारले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रुपमा अगाडि बढाउने बताएको छ । ‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चार अंकको जडित क्षमता ९१०६१ मेगावाट० भएको माथिल्लो अरुण नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो आयोजना हो ।

    आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैंक, युरोपेली लगानी बैंकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहनेछ ।

    विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घन्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत १ अर्ब ३८ करोड अमेरिकी डलर ९करिब १ खर्ब ६१ अर्ब रुपैयाँ० रहेको छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ ।

    आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।

    आयोजनाका लागि आवश्यक पर्ने निजी जग्गा यस वर्षबाट अधिग्रहण र करिब २४ किलोमिटर पहुँच सडक निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनालाई आवश्यक पर्ने १ सय ८० हेक्टर जग्गामध्ये १ सय २० हेक्टर अधिग्रहण गर्नुपर्ने छ । आयोजनाबाट २५ घरपरिवार विस्थापित हुनेछन् ।

    सन् २०२२ मा सबै अध्ययन सक्ने र २०२३ भित्र ठेकेदारलाई निर्माणका लागि आयोजनास्थलमा परिचालन गरिसक्ने योजनाका साथ काम भइरहेको छ । आयोजनाको निर्माण सन् २०३० भित्र सक्ने लक्ष्य राखिएको छ । विश्व बैंकको १ करोड ३१ लाख डलर सहुलियतपूर्ण ऋणमा आयोजनाको विस्तृत अध्ययन भइरहेको छ ।

    ऊर्जामन्त्री भुसाल नेतृत्वको टोलीमा ऊर्जा सचिव देवेन्द्र कार्की, अर्थसचिव मधुकुमार मरासिनी, विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका उपाध्यक्ष हार्टविग सोफर, कार्यकारी निर्देशक मोहम्मद हसन अहमदलगायत थिए । टोलीले आयोजनाको मुख्य संरचना र विद्युत्गृह निर्माणस्थलकको अवलोकन गरेको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन
    ५ घण्टा अघि

  • २

    नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा
    ६ घण्टा अघि

  • ३

    हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की
    ६ घण्टा अघि

  • ४

    लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल
    ९ घण्टा अघि

  • ५

    मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस
    १0 घण्टा अघि

  • ६

    प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त
    ११ घण्टा अघि

  • ७

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही
    ११ घण्टा अघि

  • ८

    घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या
    १२ घण्टा अघि

  • ९

    आजको मौसम
    १४ घण्टा अघि

  • १०

    निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपालमा धान उत्पादनमा ४% भन्दा बढी कमी, क्षेत्रफल र उत्पादकत्व घट्ने अनुमान

    नेपाल नक्सा
    २

    फागुन २१ पछिको संसद् बैठक सञ्चालनमा पूर्वाधार चुनौती

    नेपाल नक्सा
    ३

    नेपाल–जापान सम्बन्ध ७० वर्ष : राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा

    नेपाल नक्सा
    ४

    भरतपुर महानगरका पूर्व वरिष्ठ इन्जिनियरविरुद्ध ६ करोडभन्दा बढी बिगो दाबी,अन्य माथि पनि छानविन हुँदै

    नेपाल नक्सा
    ५

    चुनावी अभिव्यक्तिदेखि प्रचारसम्म विवाद, बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

    नेपाल नक्सा
    ६

    भाषा परीक्षा उत्तीर्ण तर दक्षिण कोरिया नजान पाएका युवाहरूले काठमाडौंमा प्रदर्शन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution