
काठमाडौँ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्-उल-फित्र) का अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार २०८२ साल चैत ७ गते शनिवारका दिन ईद परेको जानकारी आएकाले सो दिन सार्वजनिक बिदा हुने स्पष्ट पारेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा वि.सं. २०८१ फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नै यो बिदाको व्यवस्था गरिएको उल्लेख छ ।
मन्त्रालयले इदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे