
काठमाडौँ , ३१ भदौ | दाङमा अटोलाई हाइसले पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(६ गोलौरा निवासी दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए । दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको हाइसले अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका भण्डारीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा अटो चालक तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका ५७ वर्षीय तिलबहादुर कार्की, तुलसीपुर उपमहानगरपालिका ६ का ११ वर्षीय वर्षा बस्नेत, उनकी बहिनी ६ वर्षीया श्रृष्टि बस्नेत, सोही ठाउँ निवासी १८ वर्षीय अन्जु डाँगी छन् ।
अटोलाई ठक्कर दिने चालक फरार रहेको प्रहरीले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे