
काठमाडौँ, मङ्सिर २८ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थिए। हवाई सुरक्षामा थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको उनले बताए ।
अन्तर्राष्ट्रिय जगातमा पनि नेपालको छविमाथि प्रश्न उठेकाले आफू गम्भीर रहेको प्रधानमन्त्री दाहालले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे