
काठमाडौँ, २९ माघ । सुनसरीमा प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नेपाली नक्कली नोट बरामद गरेको छ । प्रहरीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद गरेको हो । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा उक्तm नक्कली नोट बरामद गरिएको हो ।
शंका लागेर स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाएर बोराभित्र झोलामा राखिएको राखेको नक्कली नोटहरु बरामद भएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे