
काठमाडौं, माघ ४ | सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा संखुवासभा चिचिला गाउँपालिका-२ स्थाई घर भएका ३२ वर्षीय केशरमान राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दु:ख हैरानी तथा मानसिक आघात पुर्याएको भन्ने पीडितको उजुरीको आधारमा साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा राई संलग्न भएको पाइएपछि उनलाई उक्त व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको सहयोग संखुवासभाबाट पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे