
काठमाडौं, असोज ४ | सर्लाहीको लालबन्दी नगरपालिका शान्ति टोलमा मुखमा रुमाल बाँधेर हतियारसहित आएका ५÷६ जनाको समूहले एक घरमा लुटपाट गरेका छन् । वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो ।
ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ । लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन् । उनको टाउकोमा चक्कु प्रहार भएको छ ।
घरधनी ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फकेको र उनको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे