
सर्लाही , चैत ६ । सर्लाही दुई भारतीय नागरिकलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंह रहेका छन् ।
उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट गयराति हतियारसहित भारतबाट लुटपाट गर्न आएका लुटेराहरुलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको थियो । प्रहरीको गोली लागि उनीहरू घाइते भएका छन् ।
भारत मोतिहारीका जिरेन्द्र राउतको घुँडामा गोली लागेको छ भने सन्नीकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते राउतको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे