
काठमाडौँ, १८ कार्तिक । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट भूकम्पमा भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ ।
सभापति देउवाले विपदको यस घडीमा उद्धार तथा राहतमा जुट्न सरकार र सम्बन्धित सबैलाई अपिल पनि गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ ।
गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे