
काठमाडौं, १ कार्तिक । गाजाको अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार राति गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तीमा ५०० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘सयौं प्यालेस्टाइनीको मृत्युबाट म स्तब्ध छु । अस्पताल, क्लिनिक, चिकित्साकर्मी र संयुक्त राष्ट्रसंघको परिसरलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सुरक्षित गरिएको छ ।’ संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन् ।
इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएका बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे