
काठमाडौँ , १० वैशाख | धनुसामा सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय श्रीमान् सुदीप ठाकुर र ६० वर्षीय जेठाजु उदित ठाकुर रहेका छन् ।
दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । गत वर्ष कात्तिक १० गते विवादका क्रममा श्रीमती रेखादेवीलाई उनका श्रीमान् सुदीपले बञ्चरोले टाउकोमा प्रहार गरेका थिए । बञ्चरो प्रहारबाट रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो ।
श्रीमतीको मृत्यु भएपछि उनको शव सुदीपले आफ्नै घरभित्र खाल्डो खनी पुरेका र घटनाबारे दाजु उदितलाई जानकारी दिएका थिए । घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको र दुवैजना गत वर्ष कात्तिक ३० गते घर फर्किएको अनुसन्धानका क्रममा खुलेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे