काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्रि डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । कोइरालाको स्वास्थमा क्रमिक सुधार आएसंगै आजै ओम अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसिरहनु भएका उहाको स्वास्थ्यमा केही असहजता उत्पन्न भएपछि भाद्र ३० गते अस्पताल भर्ना गरिएको थियो ।
उनले स्वास्थलाभको कामना गर्ने सबै आफन्त लगायत साथीभार्ई तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई पनि धन्यवाद दिएका छन् ।
चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमा बस्ने उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे