
काठमाडौँ , कात्तिक २ | असोज ७ गते गौशाला बजार क्षेत्रमा लुटपाट गर्ने लुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलङ्गवा ५ भाडसरका २९ वर्षीय रमेश सनही रहेका छन् ।
गौशाला बजारस्थित एनआईसी बैङ्कबाट ६ लाख ३६ हजार रुपियाँ निकालेर घरतर्फ जाँदै गरेका गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र सूर्यकला देवीको रकम लुटपाट गरी फरार भएका थिए ।
सिसी क्यामेरा फुटेजको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे