
काठमाडौं, पुस २५ । नेपाल सरकारले इजरायल आक्रमणमा हमास समूहद्वारा बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि फेरि अपिल गरेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायलका लागि राजदूत समुलिक एरी बासमार्फत हमाससँग जोशीको रिहाइको लागि थप पहल गर्न अनुरोध गर्नुभएको हो। बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटका क्रममा मन्त्री राणाले विपिन जोशीको अवस्थाबारे जानकारी लिँदै रिहाइका लागि इजरायल सरकारसँग सहकार्यको आग्रह गर्नुभयो।
राजदूत बासले जवाफमा हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला र बालबालिकासहितका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले पहल गरिरहेको जानकारी दिनुभयो। यसै क्रममा ३४ जनाको रिहाइका लागि तयारी भएको जनाइएको छ। २०२३ को अक्टोबरमा हमास आक्रमणमा १० नेपालीसहित एक हजारभन्दा बढीको मृत्यु भएको थियो र २५१ जना बन्दी बनाइएको थियो। विपिन जोशी पनि तिनैमध्ये एक हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे