
काठमाडौं | लिखत सम्बन्धी कसूर मुद्दाका प्रतिवादी काभ्रेपलान्चोक पनौति नगरपालिका-६ सुनथान घर भई बनेपा नगरपालिका-७ बस्ने ६७ पुस्कर बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई हकभोगको लागि दिएको काभ्रेपलाञ्चोक साविक सुनथान गा.वि.स.वडा नं. ८ कि. नं. ७५ क्षेत्रफल ३६-०-२-० वन क्षेत्र भनी उल्लेख भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नको लागि फिल्डबुक लगायत सरकारी कागजात किर्ते गरेको मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई बनेपा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काभ्रेपालन्चोक धुलिखेलबाट लिखत सम्बन्धी कसूर मुद्दामा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे