
गुल्मी, मंसिर ५ । गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ । हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिन लागेको हो ।
नगरपालिकाले मङ्गलबार एक सूचना निकाल्दै सो निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक बिदा दिँदै आएको र यस वर्ष पनि मङ्सिर ७ गतेका दिन परेको हरिबोधिनी एकादशी परेकाले सार्वजनिक बिदा दिन लागेको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे