
काठमाडौँ , २५ वैशाख । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेशम चौधरी पक्राउ परेकोमा प्रहरीले कानुनको कार्यान्वयन गर्ने बाहेकको कुनै पूर्वाग्रह नराखेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नका जवाफ दिनेक्रमा गृहमन्त्री लेखकले संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको विषयमा जवाफ दिएका हुन्। उनले भने , ‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु,’ ।
उनले यस घटनाप्रति दुस्ख समेत व्यक्त गरेका हुन्। उनले प्रहरीले कुनै पनि गलत नियत राखेर चौधरीलाई पक्राउ नगरिएको बताए । उनले यस घटनाप्रति दुस्ख समेत व्यक्त गरेका हुन्। सर्वोच्चमा कार्यरत अधिकृतले सामान्य विवेक बाहिर गएर अनधिकृत पत्रका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाप्रति दुस्ख व्यक्त गर्दछु,’ उनले भने। वैशाख १७ गते पार्टी एकीकरण घोषणा स्थल ९नेपाल प्रज्ञा प्रतिष्ठान० बाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। पार्टी एकीकरण घोषणा स्थल ९नेपाल प्रज्ञा प्रतिष्ठान० पुगेका चौधरीलाई प्रहरीले पक्रिएको थियो। सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले अनधिकृत पत्र काठेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे